गैर आवसीय नेपाली संघ (एन.आर.एनए) जर्मनीले आफ्नो कार्य समितिको दोस्रो बैठक

Published On: Source: NRNA GERMANY

जर्मनी, । गैर आवसीय नेपाली संघ (एन.आर.एनए) जर्मनीले आफ्नो कार्य समितिको दोस्रो बैठकबाट बिभिन्न दिग्गज व्यक्तिहरुलाई संस्थाको संरक्षक तथा साल्लाहकारमा मनोनित गरेको छ ।

संघले संस्थाको बृहत्तर हितमा लामो समयदेखि सेवा गर्दै आएकी आईसि.सी पुर्व महिला संयोजक उशा शर्मा लगाएत जर्मनी एनआरएनएको निर्वातमान उपाध्यक्ष रण बहादुर साउद, श्याम खनाललाई संरक्षकमा मनोनित गरेको प्रवक्ता संकर डाँगीले बताए ।

दोस्रो बैठकले सल्लाहकारमा डाक्टर श्रीमान इन्द्र हुमागाइ, शिखर खड्का, चन्द्र कान्त अचार्य ,शम्भु प्रसाद पोखरेल (सागर), बिजय शाही, तेजेन्द्र कार्की, राम गुरूङ र श्रीमती इम्प्रेसिव सिंहलाई मनोनित गरेको प्रवक्ता शंकर डाङ्गीले हाम्रो कलम डट कम अनलाइनलाई बताए ।
एनआरएनए जर्मनी विदेशमा बस्ने नेपालीहरुका बीच एकता आपसी सद्भाव कायम गदै सहकार्य सहमतीका साथ अगाडी बढ्ने अध्यक्ष विजय मोक्तानले बताए ।

मोक्तानले भने,‘ गैर आवसीया नेपाली संघ जर्मनीले स्वदेश तथा बिदेशमा रहने नेपालीहरुका निम्त सामाजिक न्याय मानव अधिकार र नेपाल तथा नेपालीलाई संवृद्धि बनाउने काममा सधैं अग्रसरको भूमिका निर्भाह रहने छ,’ ‘एनआरएनए सबै नेपालीको साझा भएकोले संघको अभियानले कुनै भेदभाव नगरि सबैको सहमती र सहकार्यमा हाते मालो गर्दै काम गर्ने उनले बताए । संघले जर्मनी निवासी गैर आवसिया नेपालीहरुको आभिभाबकको रुपमा रहेको नेपाली दुतावाससंग समन्वय र सहकार्य गर्दै नेपाल र नेपालीको हकहितका लागि अगाडि बढने जानकारी गराए । संघलाई सबैले अपन्त्व गर्ने सक्ने बनाउँन लागि रहने अध्यक्ष मोक्तानको भनाई छ ।

संघले बिभिन्न निर्णय पनि गरेको छ जुन यस प्रकार छ ।

१. गैर आवसीय नेपाली संघ जर्मनीले जर्मनीको बिधान बमोजिम २७ सदस्य कार्य समिति गठन भैसकिएको छ यसै गरी ६ क्षेत्रमा पनि १५ सदस्य एल सी सी शाखाहरु गठन गर्नु पर्नेमा नभएका शाखाहरुले बिधान सम्बद्द गर्न निर्देशन गरिन्छ।

२.एन आर एन ए जर्मनीले विद्यार्थीहरुको सहभागीतालाई मध्ये नजर गर्दै उत्कृष्ठ विद्यार्थीहरुलाई नगद पुरस्कार तथा सम्मान प्रमाण पत्र पुरस्कार प्रधान गर्नेछ। युवा तथा नयाँ पुस्ताका लागि प्रेरणा मुलक कार्यक्रमहरु गरिनेछ।

३. एन आर एन ए जर्मनीले बाल बालिकाहरुका निम्ती नेपाली भाषा कक्षा सन्चालनमा ल्याउने।एन आर भे मा पहिलो पटक एन आर एन जर्मनी संपर्क कार्यालय सहित नेपाली भाषा कक्षा सन्चालनमा यही जनवरी १४ देखी सन्चालनमा ल्याइने पनि जानकारी गराउदछु।

४. एन आर एन फुटबाल कप प्रतियोगिता कार्यक्रममा नेपाली दुताबास र HPRR को सहयोगमा यसपटक एक दिने नेपाल मेला सन्चालन गरिने छ। जुन यस बर्ष एन आर भे मा गरिने नेपाली सांस्कृतिक कार्यक्रम देखि नेपाली खानाको पनि ब्यबस्था गरिने तय भएकोछ यसलाई सफल बनाउन सबै क्षेत्रको सहभागी साथ सहयोग रहने छ भन्नेमा हामी विश्वसता छौ।

५ .प्रत्येक महिना सबै छेत्रीय सम्योजक ज्युहरुसंग आपसी सदभाब पूर्ण सहयोग र समास्या बारे छलफलका निम्ती एक पटक साइबर बैठक गरिने छ।

६. बिभिन्न नेपाली चाड पर्ब तथा सास्कृतिक कार्यक्रमहरु एन आर एन ले आयोजना गर्ने वा अरुले आयोजना गरिएकोमा क्षेत्रिया शाखाहरुले सहयोगी भूमिका निर्बाह गरी नेपालीहरु बीच संघठनका गतिबिधि अगाडी बढाइने छ ।

७. एन आर एन ए जर्मनीको कार्यदलमा रहेर काम गर्न इच्छुक विभिन्न बिषयमा दख्खल राख्ने बिशेषज्ञ देखी एन आर एन ए का अग्रजहरु लगाएत नेपाली सामजिक सघ संघठनहरु सित संपर्क गरी केन्द्रिय पदाधिकारीज्युहरुको सहयोगमा नाम सन्कलन गरि हामीलाई पठाउन हार्दिक अनुरोध गरिन्छ र संकलन भएको नाम लाई मुल्याङ्कन गरि हामी केही संरक्षक , सल्लाहकार मानर्थ सदस्य र कार्यदलमा मनोनित गर्न सकिने जानकारी गराउदै गत दोश्रो बैठकबाट संरक्षकज्युहरु श्रीमति उशा शर्मा – श्रीमान रण बहादुर साउद श्रीमान श्याम खनाल सल्लाहकार ज्युहरु डक्टर श्रीमान इन्द्र हुमागाइ – श्रीमान शिखर खड्का श्रीमान चन्द्र कान्त अचार्य श्रीमान शम्भु प्रसाद पोखरेल (सागर) श्रीमान बिजय शाही श्रीमान तेजेन्द्र कार्की श्रीमान राम गुरूङ श्रीमती इम्प्रेसिव सिंह मनोनित हुनु भएको पनि जानकारी गराउदछु।

८. एन आर एन ए जर्मनीमा मनोनित भएका केही केन्द्रिय सदस्यहरुले शुल्क दिन बाँकी रहेकाहरुले आफ्नो सुल्क यथाशिग्रह चुक्ता गर्न हार्दिक अनुरोध गर्दछौ।

९. एन आर एन ए को परिचय पत्र अब केन्द्र ले वितरण गर्ने सबैलाई अबगत गराउदछु।

१०. एल सी सी क्षेत्रिय शाखाहरुले प्रत्येक बैठक को निर्णयहरु एन आर एन ए जर्मनीमा आज सम्म आएको छैन जुन तुरुन्त पठाउन हार्दिक अनुरोध गर्दछु।

११.मार्च ७-११ बर्लिनमा हुने अाई टि बि कार्यक्रममा एन आर एन ए को बिषेश सहभागीता सहित दुतावास र HPRR को सहकार्यमा एक भब्य कार्यक्रम तयार समिति यथा शिग्रह चयन गरि अन्य नेपाली समाजहरू सगं समन्बय गरि सफल बनाउन अहमभुमिका निर्भाह गरिनेछ।

१२ .आपत बिपतिमा चन्दा सन्कलन गरिदा अपार्दर्शिताको आवाज उठिरहेको र आवश्यक समयमा सम्बन्धित ठाउमा सहयोग पुराउने दिने हेतुले आगामी दिनमा अक्षकोष निर्माण गरि ब्यबस्थित गरिनेछ।

१३. एक बैठक एक परोपकारी कार्यक्रम सुचारुमा आएको सबैलाई जानकारी गराउदछु ।

१४. यही जनवरी २९ सोमबार का दिन डर्ट्मुण्डमा एक एन आर एन बिशेष भेला कार्यक्रम गरिने पनि सबैमा जानकारी सहित उपस्थितको लागि आवहाँन गर्दछु।

अन्त्यमा माथि उल्लेखित बिषयहरु भन्दा पृथक बिषयहरु भए गैर आवासीय नेपाली संघ जर्मनीलाई सिधा सम्पर्क गरि सहयोग गरि दिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद ।

 

शंकर डाङी

प्रबक्ता

गैर आवसीय नेपाल संघ राष्ट्रिय समन्बय परिषद जर्मनी