बाढी पहिरोमा पारी ज्यान गुमाउनेहरु प्रती हार्दिक श्राधान्जली

Published On: Source: NRNA GERMANY
आदरणिय नेपाली दिदी बहिनी तथा दाजुभाइहरु

बिषय: प्रेश बिग्यप्ती /बाढी पहिरोमा पारी ज्यान गुमाउनेहरु प्रती हार्दिक श्राधान्जली


एनआरएनए जर्मनीको निर्वाचनको तयारीमा हामी जुट्दै गर्दा हाम्र मात्री भुमी नेपाल बाट नराम्रा खबरहरु आइरहेका छन। स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर आमारण अनसन बसेका डा० गोबिन्द केसीको ज्यान खतरामा रहेको छ। उनले सुरु गरेको अमरण अनसन आज   २१ औ दिन मा प्रबेश गरेको छ । अहिले सम्म बार्ता सफल भएको छैन। त्यसैले हामी बिदेशमा बस्नेहरुले पनि आफ्नो ठाउँबाट दवाव दिनु जरुरी देखिएको छ। डा केसी देश भरीका तमाम नेपालीको पक्षमा लडी रहेका छन । उनले हार्नु भनेको नेपालको लोकतन्त्रले हर्नु हो। यस्कारण हामी  बिदेशमा रहेपनी बिभिन्न सामाजिक मिडियाहरु प्रयोग गरेर डा केसीको स्वास्थ्य रक्षा र औषधी उपचारमा सबै नेपालीको पहुच का लागि आवाज उठाइ दिनहुन हार्दिक अह्वान गर्दछौ।
त्यस्तै  देशका तराइ भुभागमा भएको  अधिक बर्षापछि उत्पन्न बाढी र पहिरोका कारण जन जिबन अस्त ब्यस्त बनेको छ। बाढी र पहिरोमा  परी देशका विभिन्न स्थानमा अहिले सम्मा  ३० जनाको मृत्यु भई सकेको छ। बर्षा अझै जारी छ। यो क्रम आगामी सोमबार सम्म रहेने सम्भवन्ना ब्यक्त गरिएको छ। सोमबार सम्म बर्षा पारी रहे निकै ठुलो धन जनको क्ष्यती हुने निश्चित छ। अनाकालमा ज्यान गुमाउने नेपालीहरु प्रती हार्दिक श्राधान्जली ब्यक्त गर्दछौ। साथै बाडी पीडित हरुलाई यथाशिघ्र राहतको ब्यबस्थाको लागि नेपाल सरकार समक्ष माग गर्दछौ।
हरेक पल्ट चन्दाको कुरा आउँदा यहाँहरु लाई दिक्क पनि लग्न सक्ला तर नेपालीको मन हिमालमा भुकम्प आए पनि दुख्छ र तराइमा बाढी आउँदा पनि त्यत्तिकै दुख्छ। आफ्नो देशमा नेपालीहरुलाई दु:ख पर्दा हामीले सके सम्म सहयोगी हातहरु फैल्याउने गरेका छौ। त्यसैले यस्पाली पनि हामीले सहयोग गर्नु पर्ने हुनसक्छ। हामी निरन्तर एनआरएनएको केन्द्रिय नेत्रित्व सँग संपर्कमा रहेका छौ। राहत सहयोग गर्दा समस्यामा परेका लाई तुरुन्त उपलब्ध गराउन सकिएन भने त्यस्को धेरै अर्थ नरहन सक्छ ।  केन्द्रिय तह बाट थप परिस्थिती हेरेर त्यस्को बिष्लेशण गर्दै
सहयोगको अह्वान गरिए यहाँहरुसँग पनि हामी सहयोगका लागि आउने छौ। यहाहरुले पनि त्यसै अनुसार सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौ। साथै  अहिले लाई म्रित आत्माको चिर शान्तीको कामना गर्दै शोक शान्ताप्त परिवार प्रती समबेदना ब्यक्त गर्दछौ।

नब राज रोस्यारा
अद्यक्ष एनआरएनए जर्मनी