NewsModule


साइबर बैठकको निर्णयहरु - १० सेप्टेम्बर २०१५

Published On: Tuesday, September 22, 2015 | Source: NRNA GERMANY

श्रीमान अध्यक्षज्यु,पदाधिकारीज्युहरु,प्रमुख संरक्षक ज्यु,निबर्तमान कार्यसमितीका सम्पूर्ण पदाधिकारी ज्युहरु तथा आइसिसी सदस्यज्युहरु
एनआरएनए जर्मनी

बिषय :-साइबर बैठकको निर्णयहरु

महोदय ,
आज मिति १० सेप्टेम्बर २०१५ का दिन गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनिको पहिलो साइबर बैठक संघका अध्यक्ष श्री नबराज रोस्याराको अद्यक्षतामा बस्यो।उक्त बैठकमा अतिथिको रुपमा एनआरएन जर्मनीका आइसिसी सदस्य श्री दावा शेर्पा,एनआरएनए जर्मनीका प्रमुख संरक्षक श्री बिनोद अधिकारी,एनआरएनए जर्मनीका निबर्तमान अध्यक्ष श्री हरेन्द्र वनेम साथै एनआरएनए जर्मनीका निबर्तमान सदस्य श्री लब थापाज्युको उपस्थिति रहेको थियो।संघको बैठकले तय गरिएका प्रस्तावहरु माथी व्यापक छ्लफल गरि निम्न लिखित निर्णयहरु पारित गरियो।
१-एनआरएनए जर्मनीको २०१३-२०१५ को कार्यसमितिले गरेका कार्यहरुको उच्च मुल्यांकन गर्दै निबर्तमान कार्यसमितिलाई हार्दिक धन्यवाद दिने निर्णय गरियो।
२-एनआरएनए जर्मनीको २०१३-२०१५ को कार्यकालको सम्पूर्ण हिसाब किताब बुझाइ दिनको लागि पत्राचार गर्ने निर्णय गरियो।
३-एनआरएनए आइसिसीको सातौ ग्लोबल कन्फरेन्सलाई सफल बनाउन एनआरएनए जर्मनीको तर्फ बाट १००० डलर  (अक्षरेपी एक हजार डलर  मात्र ) सहयोग दिने निर्णय गरियो।
४-जर्मनी भरी रहेका सम्पूर्ण सामाजिक संघ संस्थाहरु संग समन्वय गरि उनीहरुसँगको सहयोग र सहकार्यमा बिभिन्न किसमका भाबी कार्ययोजनाहरु तयार गर्ने निर्णय गरियो।
५-एनआरएनए आइसिसीको ग्लोबल कन्फरेन्समा भाग लिन जाने महानुभाबहरुको नामावली सन्कलन गरि जति सक्दो चाडो आइसिसीमा पठाउने निर्णय गरियो।
६- एनआरएनए जर्मनीको पाँचौ अधिबेशनलाई सफलताका साथ सम्पन्न गर्न अहम भुमिका निभाउन हुने अग्रजहरु साथै जर्मनी भरी बाट पाल्नु भएका सम्पुर्ण एनआरएनहरुलाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिने निर्णय गरियो।
७-एनआरएनए जर्मनीको नियमित पहिलो बैठक आगामी २८ नोभेम्बर २०१५ का दिन जर्मनीको फ्रेन्कफर्ट शहरमा बस्ने निर्णय गरियो ।

प्रेम सिङ गुरुङ
महासचिब
एनआरएनए जर्मनी