Text/HTML

आदरणिय जर्मनबासी दिदी बहिनी हरु तथा दाजुभाईहरु,
प्रक्रिती सँगको नियमनै कस्तो?, एक पटक पुर्बी भाग सिन्धुपलोन्चोक तीर सुनकोशी नदीको बहावलाई नै थुन्ने गरी आएको पहिरोले गाउनै बगाएर त्यात्रा मान्छेहरु घरबार बिहीन बनाउदा पनि पुगेन उस्लाई। अहिले पश्चिमतिर र तराइतिर पनि ठुलो जन धनको क्षती पुर्याएको छ।

नेपाल सरकारले समयमा यो पालिको बर्षाले लाएको घाऊहरु पूर्न त के, घरबार बिहिन भएकाहरुको लागि बासको पनि ब्यबास्था गर्न सकेको छैन। यो बीचमा नेपालका ठुला ठुला समाचार पत्रहरुमा बिभिन्न दर्दनाक समाचारहरु प्रकासीत भई रहेका छन।

http://www.bbc.com/nepali/news/2014/08/140802_sunkoshi_landslide.shtml

सुनकोशीमा आएको बाढीले कारीब डेढ सय जनाको ज्यान लीइसकेको थियो। त्यो बाढीबाट लागेका घाऊहरु पुरिन नपाउदै फेरी अर्को बढीबाट ठुलो धन जनको क्षती भएको छ। एनआरएनए जर्मनीले संस्थाको तर्फबाट बढी पीडितहरुलाई डेढ लाख नेपाली सहयोग गर्ने भएको छ।

गत बर्ष पनि हामीले यसैगरी रकम उठाएका थियौ। नेपालको बिभिन्न ठाउमा बस्ने नेपालीहरु भएपनी भारतको सिमनामा पर्ने दर्चुला जिल्ला बासीहरु लाई सहयोग पुर्याएका थिए । त्यती बेला हामीले उठाएको उक्त रकम पारदर्शी हिसाबले दर्चुला जिल्लाको अस्पातलमा सैयाहरु किन्नमा सहयोग पुर्याएका थियौ। गत बर्ष सहयोग गर्नेहरुको नमबली निम्न लिन्कमा क्लिक गरेर हेर्न सकिन्छ।

अहिले सहयोग रकम भिबिन्न ठाउमा (पुर्ब पष्चिम तराइ) दिनु पर्ने भएकोले गत बर्ष जस्तै आँफै प्रत्यक्ष सन्लग्न भएर समान किनिदिन गह्रो छ। तर पनि हामी उठेको रकम पारदर्शी हिसाबले बढीपीडितहरु कहा पुर्याउने बाचा गर्दछौ।

नब राज रोस्यारा
बारीष्ठ उपाद्यक्ष जर्मनी