NewsModule

एन आर एन जर्मनीको नया कार्य समितिको चयन हुनेछ


आदरणीय वायर्न वासी गैर आवासीय नेपाली दाजु भाई तथा दिदी, बहिनी हरू, सादर नमस्कार, यहॉहरूलाई थाहा भएकै क़ुरा हो । हरेक २ बर्षमा एन आर एन जर्मनीको नया कार्य निती सहित आगामी २ बर्षको लागी नयॉ कार्य समितिको चयन हुनेछ । यसै सन्दर्भमा एन आर एन ए जर्मनीको पॉचौ अधिवेशन आगामी अगष्टमा म्युनिक शहरमा गर्ने निर्णय भएकोले यस अधिवेशन लाई सफल बनाउनको लागी व्यापक छलफल गर्नु पर्ने भएकोले साथै नेपालमा गएको महाभुकम्प र वाढी पहिरोले पिडित नेपाली हरुको लागी गरीएको सहयोग को बारेमा जानकारी गराउदै ,भुकम्पको भारबाट त्रसित मन लाई थोरै भएपनि हल्का बनाउनका लागी एन आर एन ए एल सी सी वायर्न ले निम्न मिती र स्थान मा र्गिल पार्टी आयोजना गरीएको जानकारी गराउदै सम्पुर्ण वायर्न वासी ग़ैर आवासीय नेपाली दाजु,भाई तथा दिदी,बहिनी हरूमा हार्दिक आमन्त्रण गरिन्छ ।

Source: NRNA GERMANY

NRNA Germany, LCC Berlin Brandenburg meeting - 14.07.2015


14.07.2015 Neu Grüne strasse 38 Berlin Today the meeting of NRNA Germany LCC Berlin Brandenburg has been conducted on the chairmanship of LCC coordinator Manoj Bhandari. In the meeting, the Founding President of NRNA – Germany and NRNA – ICC advisor, Mr. Dil Gurung Schauler was present as the chief guest. Among the other guests were Nab Raj Roshyara, senior vice-president of NRNA Germany and Krishna Rana, a social activist living in Berlin.

Source: NRNA GERMANY

सहयोगको लागि सबैमा हार्दिक अपिल !!


आदरणीय जर्मनबासी गैर आबासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको लागि हार्दिक अनुरोध !! मोरङ जिल्ला लेटाङ घर भई बिगत ७ महिना देखी जर्मनीको बर्लिन शहरमा भाषा अध्ययन गरिरहनु भएका एक नेपाली बिद्यार्थी शैलेश भट्टराईको यही जुलाई २२ का दिन पौडी खेल्ने क्रममा दुर्घटना भई बर्लिन स्थित अस्पतालमा उपचारको क्रममा गत ३ अगस्ट २०१५ का दिन भएको दुखद निधनले हामी जर्मनबासी गैर आबासीय नेपालीहरु तथा एनआरएनए जर्मनी स्तब्ध भएका छौ साथै यस दुखद निधनले हामीले एक होनाहार युवालाई गुमाएको महसुस गर्दै मृत आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोकाकुल परिवारजानहरु प्रति एनआरएनए जर्मनी हार्दिक समबेदना प्रकट गर्दछ l

Source: NRNA GERMANY

एनआरएन जर्मनीको नेतृत्व सर्बसम्मत चयन हुने


फ्रयान्कफर्ट जर्मनी, गैर आवासीय नेपाली संघ, जर्मनीको आगामी नेतृत्व सहमतीको आधारमा चयन गर्ने प्रयास भएको छ। गैर आवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद, जर्मनीले हिजो फ्रयान्कफर्टमा आयोजना गरेको “एनआरएनएको आगामी आसन्न निर्वाचन र नेतृत्व चयनको सबाल” विषयमा गरेको अन्र्तक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले एनआरएनए जर्मनीको आगामी नेतृत्व गैर राजनितीक हुनुपर्ने र सहमतीको आधारमा छनौट गरिनुपर्ने आवाज उठाएका हुन। एनआरएनए केन्द्रीय समितीका अध्यक्ष शेष घले, महासचिव कुमार पन्त, एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामीछाने, एनआएनएका प्रमुख संरक्षक राम प्रताप थापा, लगाएतका सहभागीहरुले एनआरएनए,जर्मनीको आगामी नेतृत्व विवादरहित हुनुपर्नेमा जोड दिएका हुन।

Source: NRNA GERMANY

Candidate list for the NCC Election 2015


श्री मान संयोजकज्यू उच्च स्तरीय आयोग सहसंयोजकज्यू तथा सदस्यज्यूहरू, निर्वाचन आयोगका सदस्यज्यूहरू र एन आर एन मित्रहरू, आगामी २०१५–२०१७ को कार्यकालकालागी हुन गईरहेको एन सि सि जर्मनीको कार्यसमितिको निर्वाचनका लागी उम्मेद्वारी दिनुहुने उम्मेद्वारहरूको नामावलि यस प्रकार रहेको छ। यस सुचिमा हुनुभएका उम्मेद्वारहरू उपर ठोस प्रमाण सहित तोकिएको समय भित्र उजुरी गर्न सकिने छ। यस्को उजुरी उपर छानविन गरेर निर्वाचन आयोगले २१ अगस्तमा पुन उम्मेद्वारको सूचि प्रकाशित गर्नेछ। यसरी प्राप्त दावि बिरोध उपर निर्वाचन आयोगले आवश्यक छानविन गरी २० अगस्त २०१५ गते साँझ २१ वजे भित्र पुनः उम्मेदवारको सूचि प्रकाशित गरिने छ।

Source: NRNA GERMANY

उम्मेद्वारकोसुचि


श्री मान संयोजकज्यू उच्च स्तरीय आयोग सहसंयोजकज्यू तथा सदस्यज्यूहरू, निर्वाचन आयोगका सदस्यज्यूहरू र एन आर एन मित्रहरू, आगामी २०१५-२०१७ को कार्यकालकालागी हुन गईरहेको एन सि सि जर्मनीको कार्यसमितिको निर्वाचनका लागी उम्मेद्वारी दिनुहुने उम्मेद्वारहरूको नामावलि यस प्रकार रहेको छ। यस सुचिमा हुनुभएका उम्मेद्वारहरू उपर ठोस प्रमाण सहित दाबि बिरोध गर्न १८ अगस्त २०१५ साँझ १८ बजे सम्म तोकिएकोमा समय भित्र कुनै पनि उजुरी नपरेको हुँदा, रित नपुगेका उम्मेदवारहरूको मात्र उम्मेद्वारी रद्द गरी पुनः उम्मेद्वारीको सुचि प्रकाशित गरीएको छ।

Source: NRNA GERMANY