NewsModule


NRNA - Germany coordinating with other organization for fund collection

Published On: Monday, June 1, 2015 | Source: NRNA GERMANY
CategoryNews

२८ मई २०१५ जर्मनी एन आर एन जर्मनी आपतकालीन राहत संकलन समितिले एस्सेनले नेपाल गएको विनाशकारी महा-भूकम्पमा परि घाईते भएका हरुको सहयोगार्थ एस्सेन युनिभर्सिटिमा एक बृहत कार्यक्रम आयोजना गरेको छ | उक्त कार्यक्रम Culture World peace Restoration Of Light नामक संस्था र World Woman Peace नामक संस्था संग सहकार्य गरि आयोजना गरिएको थियो |विभिन्न देशबाट ईटलि,कोरिया ,कुबेत ,लिबनोन , इरान ,दक्षिण अफ्रिका ,जर्मनी , टर्की, अफगानिस्तान , भारत बाट आएका प्रतिनिधि र प्रमुखहरु माझ एन आर एन जर्मनीको लागि मोडेर्ण कलेज दुसल्डोर्फ़मा तेश्रो बर्षमा अध्यनरत बिद्यार्थी निलु पौड्यालले तयार पारेको Dark Day Of Nepal नाउँको (वृतचित्र ) प्रस्तुत गरिएको थियो | उक्त कार्यक्रममा IWPG का निर्देशक Gungor Kilic ले नेपालमा गएको भुकम्प प्रति आफु अत्यधिक दुखि भएको भन्दै नेपाललाई सक्दो सहयोग गरिदिन सबैलाई आग्रह गरेका थिए | उपस्थित अन्य सँस्थाप्रमुख हरुले हर हालतमा आफुहरुले नेपाललाई |आर्थिक सहयोगको लागि एन आर एन जर्मनीको खातामा राहत रकम जम्मा गरुदिने बचन दिएका थिए | कार्यक्रममा NRN Germany का प्रतिनिधिहरु र LCC NRW का प्रतिनिधिहरुको सहभागिता रहेको थियो | सो कार्यक्रममा IWPG का ब्रान्च म्यानेजर Harriet Kaddu ले नेपाललाई सहयोग गर्न आफुले विभिन्न कार्यक्रम हरु क्रमबध्ध आगाडी लैजाने बिचारलाई प्रस्ट पार्दै सबैलाई उक्त योजनामा सहभागी हुन् आग्रह गरेकी थिन | एन आर एन जर्मनीले स्थान उपलब्ध गराउने एस्सेन युनिभर्सिटिलाई हार्दिक धन्यबाद प्रकट गर्दछ | कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा धन्यबाद प्रकट गर्दछ | राहत संकलन समिति एन आर एन जर्मनी