NewsModule


एनआरएन जर्मनीले मैत्रीपुर्ण फुटवल आयोजना गर्ने

Published On: Tuesday, August 7, 2018 | Source: NRNA GERMANY
जर्मनी, । गैर आवासीय नेपाली संघ ( एनआरएन ) जर्मनीले सेप्टेम्बर दोस्रो सातामा मैत्रीपुर्ण फुटबलको आयोजना गर्ने भएको छ ।
जर्मनी एनआरएनले बिगत ३ वर्ष देखि मैत्रीपुर्ण फुटबलको आयोजना गर्दै आएको एनआरएन जर्मनीका अध्यक्ष बिजय मुक्तानले बताए ।
एनआरएन स्थानीय संयोजन एसीसी एनआरडब्लुको आयोजनामा मैत्रीपुर्ण फुटबल हुन लागेको हो । यसपटकको मैत्रीपूर्ण एन आर एन जर्मनी च्याम्पियन कप फुटबल प्रतियोगिता एन आर एन जर्मनी एनआरडब्लुले आयोजना गरेको एनआरएन जर्मनी महासचिव टंक लम्सालले बताए ।
मैत्रीपुर्ण फुटबलमा कम्तिमा पनि १ एल सी सी १ टिम को सहभागिता हुने छ । करिव ६ टिम बीच रोमान्चक प्रतिस्पर्धा हुने प्रतियोगितामा ६ टीमबाहेक ब्यवसायिक समुहहरु बिभिन्न संघ–संस्थाबाट पनि टीम दर्ता तथा सहभागिता जनाउन सकिने अगष्ट ३० तारिक सम्म टीम दर्ता गर्नको लागि आवहान गरिएको महासचिव लम्सालले जानकारी गराए ।
अहिले सम्म चरम गर्मीका कारण खेल मैदान तय भैनसकेको केही समयमा नै खेल मैदानको खोजी भईरहेकोले केही समयपछि अर्को सुचना जारी गर्ने पनि महासचिव लम्सालले जानकारी गराए ।
कार्याक्रममा नेपाली दुताबास, एन आर एन ए ग्लोबल का बिशिष्ट ब्यक्तिहरु, नेपाल पर्यटन बोर्डको समेत सहभागित रहेन छ । नेपाली खाना तथा नेपालमा उत्पादित सामानको प्रर्दशन, नेपाली झाँकी नाच,नेपाली पहिचान सहितको भेष भुषा प्रर्दशनी रहने बिज्ञप्तिमा जनाएका छन् ।
 
मैत्रीपुर्ण फुटबलका बारेमा एनआरएन जर्मनी महासचिव टंक लम्सालद्धारा जारी बिज्ञप्ति !
आदरणिय जर्मन निबासी गैर आबासिय नेपाली दाजुभाई , दिदीबहिनी हरु , नमस्कार ! बिगत ३ वर्ष देखि आयोजना गरिदै आएको नेपालीहरु बिचको मैत्रीपूर्ण एन आर एन जर्मनी च्याम्पियन कप फुटबल प्रतियोगिता यसपटक एन आर एन जर्मनी , LCC NRW ले आयोजना गर्ने कुरा एन आर एन जर्मनीका अध्यक्ष श्री विजय मोक्तान ज्यु ले करिब १ महिना आगाडी देखि सुचना गरिसक्नुभएको छ | कम्तिमा पनि १ एल सी सी १ टिम को सहभागिता हुने हो भने पनि ६ टिम बीच रोमान्चक प्रतिस्पर्धा हुनेछ| आयोजक एल सी सी , एन आर डब्लु को टिम स्वागत र प्रतिस्प्रधा गर्न तयार भैसकेको खबर छ |एल सी सी हरु को ६ समूह बाहेक पनि नेपाली समुदाय, ब्यबसायिक घराना र अन्य संग सस्था को तर्फबाट समेत टिम तयार भयमा दर्ता गर्न सकिने छ |तर जर्मनी मा बसोबास गर्ने नेपाली नै भने हुनुपर्नेछ| अहिले सम्म चरम गर्मि का कारण खेल मैदान तय भैसकेको छैन तर मुन्स्टर लगाएत अन्य क्षेत्र मा खोजि गर्दैछौं | निश्चित भएपछी समयमै सुचना गर्नेछौं | खेल आउदो सेप्टेम्बर को दोश्रो साता भित्र मा आयोजना हुनेछ तेसैले सबै एल सी सी मार्फत आ आफ्नो टिम खेलाडी को नाम सहित यहि अगस्त ३० तारिख सम्म दर्ता गर्नु हुन समेत अनुरोध छ | टिम दर्ता दस्तुर १५० युरो पहिलो पुरस्कार ५०० युरो दोश्रो पुरस्कार ३०० युरो तेश्रो पुरस्कार २०० युरो सबै टिम लाइ ट्रफी टिम दर्ता को लागि सम्पर्क दिपक लामा संयोजक एल सी सी एन आर भे ०१७६६३८८१३५० धवल बहादुर तामाङ (अक्कल ) सचिब एल सी सी एन आर भे ०१६३९८९०२०३ उक्त दिन फुटबल खेल को साथै निम्नानुसार थप बिशेष आकर्षण पनि रहने छ | नेपाली दुताबास को समुपस्थिति, एन आर एन ए ग्लोबल का बिशिष्ट व्यक्तित्वहरु को उपस्थिति नेपाल पर्येटन बोर्ड को सहयोग र उपस्थिति नेपाली खाना , नेपाल मा उत्पादित सामानहरुको प्रदर्सन नेपाली झाँकी नाच , नेपाली पहिचान सहितको भेष भुसा प्रदर्सनी तेसैले आफ्नो आफ्नो परम्परा र नेपाली पहिचान झल्किने पहिरन मा उपस्थित हुन समेत अनुरोध गरिन्छ |
टंक लम्साल
महासचिब
एन आर एन ए जर्मनी
(source:hamrokalam.com)